Rashtriya Dainik

बाणगंगा १० पटनाका फुलपति थारु बुटवलदेखि हराए

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा १० पटनाका ५० बर्षिय फुलपति थारु हराएका छन् । ठुलो ठेकही स्थायी घर भएका थारु गत मंसिर १९ गतेदेखि बुटवलबाट हराएका हुन् ।

परिवारजनले बताए अनसार थारुले सर्ट, पाइन्ट र चस्मा लगाएका छन् । घरबाट निस्कँदा श्रीमतीले कहाँ हिँडेको भन्दा कही पनि नाई भनी निस्किएका थारु आजसम्म पनि परिवारको सम्पर्कमा नआएपछि चिन्ता थपिएको छोरी दीपा थारुले बताउनु भयो ।

यस विषयमा प्रहरीलाई जानकारी गराए पनि अझैसम्म केही सूचना नआएका कारण परिवार तनावमा रहेको दीपाले मायादेवीसंग बताउनु भयो । दीपाले ब्बाले दाहिने खुट्टा खोच्याएर हिँड्ने गरेको बताउँदै यस्तो देखिए नजिकको प्रहरीमा सम्पर्क गरिदिन पनि आग्रह गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित