Rashtriya Dainik

जनता संग गरेको बच्चा पूरा भयो पाचै वडामा बर्थिंग सेन्टर स्थापन गरेर ,अध्यक्ष मनोज गुप्ता

राजन कुमार बानिया/पर्सा २४ मंसिर
छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा रहेको कोरोना अस्पताल र बर्थिंग सेन्टरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिउको छ । गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले सो अस्पताल र बर्थिंग सेन्टरको उदघाटन गरेका हुन् । छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले करोना अस्पतालमा रहेको बर्थिग सेन्टरलाई बिधिवत रुपमा पुजापाठ गरि फिता काटेर अस्पताल र बर्थिंग सेन्टरको उदघाटन गरे ।
सो अवसरमा अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकामा पहिला एउटा पनि सरकारी बर्थिंग सेन्टर नहुँदा समस्या भएको बताए । उनले भने, ‘यस क्षेत्रका महिलाहरु ले बच्चा जन्माउन भारत र सदरमुकान बिरगंज जानू परिरहेको थियो कतिपय महिलाहरु को अकाल मै मृत्युु समेत हुने गरेको थियो तर म जनप्रतिनिधि भएर आएपछी त्यसो समस्या समाधान भएको छ । जनता हरु संग गरेको बच्चा अाज पूरा भएको हो । यश क्षेत्रका महिला हरु ले समयमा उपचार गराउन नसके को कारण अकाल मा मृत्यु भएको खबर देखेर चुनाव को समय मा अाफुले प्रतेक वडा हरु मा बर्थिंग सेन्टर स्थापना गराउनु वचन जनता हरु संग गरेको कारण महिलाहरु को मर्म बुझेर प्रत्येक वडामा बर्थिंग सेन्टर स्थापना गरेको बताए ।
गाउँपालिकाका महिला र बच्चा सुरक्षित रहोस भन्ने आफ्नो सपना पूरा भएको उनले बताए । उनले भने, ‘कोरोना अस्पता र पाचौ बर्थिंग सेन्टरको रुपमा वडा नं १ मिर्जापुर आज उदघाटन गरि संचालनमा लयाएको छु , मेरो सपना अब पूरा भयो ।
बर्थिंग सेन्टरको साथै सबै स्वास्थ्य चौकीहरु मा एमबिबिएस डाक्टर र एम्बुलेन्स सेवा पनि रहेको उनले बताए । छिपहरमाई गाउँपालिकाका महिला, पुरुष र बालबलिकाहरु लाई उपचार गराउन अब बिरगन्ज र भारतमा बढि खर्च गर्न जानु नपर्ने उनको तर्क थियो ।
अब आफ्नै गाउँ ठाउँ मा स्वास्थ्य चौकीहरु मा एमबिबिएस डाक्टरहरु संग उपचार गराउन सकिने उनले उल्लेख गरे । अहिले सम्म गाउँपालिकाको स्वास्थ्य चौकीमा तीनवटा एमबिबिएस डाक्टर र दुई वटा एम्बुलेन्स रहेको अध्यक्ष गुप्ताले बताए ।
अध्यक्ष गुप्ताले भने मेरो गाउँपालिका को स्वास्थ्य चौकी र बर्थिग सेन्टर हरु मा जान एम्बुलेन्स सेवा निशुल्क सेवा गरिएको छ। मेरो पहिला प्राथमिकता स्वास्थ्य र शिक्षा रहेकोमा स्वास्थ्यको सपना पूरा भयो ।
शिक्षामा छिपहरमाई गाउँपालिकाका दूई ठाउँमा उच्च शिक्षा भएको र प्राबिधिक शिक्षा, ईन्जिनियरिग संचालनमा ल्याएको उनले बताए अाफ्नो गाउँ घर मा बसेर घर बाट भात खाएर उच्च शिक्षा र प्राबिधिक शिक्षा लिनसकिने बताए । उनले भने, ‘साथै छात्र, छात्राहरु लाई निःशुल्क पठनपाठन र निशुल्क कोचिंङ कक्षाको ब्यवस्थापन गरिएको छ ।’
अध्यक्ष गुप्ताले दलित, गरिबका छोरीको बिहेमा गाउँपालिकाको तर्फबाट २१ हजार देखि ५१ हजार सम्मको कन्यादान राशि घोषणा पछी अहिले सम्म २१ जना लाई कन्यादान राशी दिसकेको छु। छिपहरमाई गाउँपालिकामा दुई वर्ष भित्र जन्मिएका बालिकाहरु को लागि बालिका स्वर्ण बिमा २लाख को भईरहेको ले अहिले समम ५सय १० जना को बिमा भईसकेको छ र ३सय जना को खुलन गइरहेको अध्यक्ष गुप्ता ले बताए ।
अध्यक्ष गुप्ताका अनुसार पहिलो बर्थिंग सेन्टर वडा नं ४ तुल्सीवर्वामा, दोस्रो वडा नं २ टिहुकी सेढामा, तेस्रो वडा नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको संचालन आएको छ ।
त्यस्तै, चौथो वडा नं ५ भिस्वामा सञ्चालन भएको ।पाचौ वडा नं १ मिर्जापुरमा बर्थिंग सेन्टर को अाज देखि संचालन मा अाएको अध्यक्ष गुप्ताले बताए ।
कोरोना अस्पताल स्थापनाको लागी गाउँपालिका बाट ८० लाख बजेटबाट निर्माण भएको मा साथै बर्थिंग सेन्टरको लागि भनेको भवन ६ वटा कोठा रहेको स्वास्थ्य संयोजक शम्भु साहले बताए । कोरोना अस्पताल र बर्थिंग सेन्टर उदघाट कार्यक्रम वडा नं १ मिर्जापुर का वडाअधयक्ष राजबली यादव को अध्यक्षातामा समपन भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका गाउँपालिका अध्यक्ष प्रल्हाद गुप्ता गाउँपालिका उपाध्यक्ष मोदिना खातुन प्रतिनिधि समसुल मियाँ, वडा महेन्द्र साह कलवार,बिनोद साह, कानु, जिल्ला समन्व समिति पर्सा सदस्य सुबास साह, सदस्य मुस्लिम मियाँ स्वास्थ्य संयोजक शम्भु साह, बर्थिंग सेन्टर प्रमुख रामाकान्त प्रसाद, लगायतले शुभकामना मन्तब्य राखेका थिए । बर्थिंग उद्वघाटन कार्यक्रम मा स्थानिय नेता ,जनता,र स्वास्थ्यकर्मी हरु को सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन सुरेन्द्र साह ले गरेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित