राष्ट्रिय दैनिक /नवलपरासी , १५ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको टोलीले प्राथमिक उपचार सहितको सेवा लिएर जेष्ठ नागरिकको घरदैलोमा पुगेको उपचार दिन थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरीकको घरदैलोमा पुगेर प्राथमिक उपचार सहित पौष्टीक आहार समेत उपलब्ध गराउदै आएको हो । ९५ बर्ष भन्दा बढी उमेर समुहका बयोबृद्धि जेष्ठ नगारिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तिन तिन महिनामा यस्तो उपचार सेवालाई निरन्तता दिने नगरपालीको योजना छ । “बयोवृद्ध नागरिकहरू सामान्य चेकजाँचका लागि अस्पताल जान वा पुर्वाउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो । घर आगनमै सेवा पाएपछि जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन।सो क्रममा नगरउपप्रमुख रुद्रप्रकाश उपाध्याय , सामाजीक विकास समितीका संयोजक शाखा भिमकाजी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल , अन्य वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुरुको सहभगीता रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।