बिनोद निगम / नवलपरासी , १५ असोज पश्चिम नवलपरासीको दाउन्ने सडक अन्तर्गत बुटवल काठमाडौं जाने सडक भस्किएपछि सोमबार ४ बजे देखि सडक अवरुद्ध भएको थियो । बर्दघाट नगरपालिका वडा न.४ दाउन्ने जंगलमा रहेको खुर्सानीखोला स्थित पुर्व पश्चिम राजमार्गमा अबिरल बर्षाको कारण सडक भस्किएर साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढलेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकरी दिएका हुन। राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएकोमा तत्काल मर्मतको लागि सडक डिभिजन संग समन्वय गरी चाईनिज कन्स्ट्रक्सन मार्फत राति १२ बजेबाट सडकमा माटो भर्ने कार्य सुरु भई सडक सुचारुका लागि प्रयास भईरहेको छ। भने हालसम्म आवतजावत अवरुद्ध रहेको डिएसपी बोहराले बताएका छन्। हिजो देखि दुवै तर्फका सवारी साधनलाई पूर्वमा दुम्कीबास र पश्चिममा बर्दघाटमा रोकिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।