राष्ट्रिय दैनिक / नवलपरासी ,१७ साउन पश्चिम नवलपरासीको सरावल गाउँपालिकाक्षेत्रमा क्रियाशिल पत्रकारहरु संगठित भएका छन् । सरावल क्षेत्रको बिभिन्न मुद्धा उठान गर्दै पेशागत हकहितको प्रर्वद्धन गर्ने उद्धेश्यले सरावल प्रेस क्लब गठन गरेर पत्रकारहरु संगठित भएका हुन् । यस अघि पनि पटक पटक सरावलका पत्रकारहरुले संगठित हुने जमर्काे गर्दै आएका थिए । यस पटक भने बिधिवत रुपमा नै सरावल प्रेस क्लब दर्ता समेत गरिएको हो । गैरसरकारी संस्थाका रुपमा सरावल गाउँपालिकाकाे कार्यालयमा प्रेस क्लब दर्ता भएको अध्यक्ष उमेश कुमार बि.कले जानकारी गराउनुभयो । उहाँले सरावललाई संचारहबका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । अध्यक्ष बि.कका अनुसार क्लबले पत्रकारहरुलाई बेलाबखतमा आइपर्ने संभावित असुविधा र असुरक्षा आदि बारे अवगत गराउने र सचेत गराउन तालिम, सेमिनार तथा गोष्ठी संचालन गर्ने र पत्रकारका बिभिन्न संस्थासंग सहकार्य गर्नेछ । अध्यक्ष बि.कले संस्थाले पत्रकारिता क्षेत्रको अध्ययन गरी पत्रकारहरुको दक्षता अभिबृद्धि मार्फत पत्रकारिताको प्रभावकारिताका लागि योजना बनाउने र मिडिया उद्यमको विकासको लागि टेवा पु¥याउने समेत बताउनुभयो । सामाजिक सशक्तीकरण, जनचेतना अभिबृद्धि, सूचना प्रवाह, संचारसीप अभिवृद्धिलगायत पत्रकारितासँग सम्बिन्धत सवै प्रकारका गतिविधि संचालन गर्ने हाम्रो उद्धेश्य हो – उहाँले भन्नुभयो । – पत्रकारहरु समस्यामा पर्दा उनीहरुलाई सहयोग पु¥याउन कोष खडा गर्ने लगायतका काम समेत गर्नेछौ । क्लबका सचिव महेश यादवले सरावल पालिकाक्षेत्रमा क्रियाशिल रहेका सक्रिय पत्रकारहरुको पेशागत सुरक्षा आपसी सुसम्बन्ध र एकता कायम गर्न क्लबले भुमिका खेल्ने बताउनुभयो । उहाँले सरावल पालिकाक्षेत्रको साझा समस्या बारे अध्ययन र अनुसन्धान गर्ने, समाधानका लागि आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्ने लगायत बिभिन्न उद्धेश्यमा क्लब क्रियाशिल हुने जानकारी दिनुभयो । बिहीबार पालिका उपाध्यक्ष बासमति हरिजन तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद खनालले प्रमाणपत्र हस्तान्तरण गर्दै क्लबकाे प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियोे । पत्रकारिताको समुचित विकासका लागि आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने बताउनुभयो । नागरीकको सुचनाको हक, स्वछ र स्वतन्त्र रुपमा यथार्थ तथा तथ्यपुरक सुचना प्रवाह गर्ने लोकतन्त्रको संस्थागत विकास र समुन्नत समाजको निर्माणमा योग्दान पुर्याउने काम यश प्रेस क्लबले गराेस भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे । क्लबको ९ सदस्सीय कार्यसमितिमा उमेश कुमार बि.क अध्यक्ष ,उपाध्यक्षमा भुप नारायण चाैधरी, सचिवमा महेश यादव, सह–सचिवमा डाेल कुमारी चाैधरी, कोषाध्यक्षमा देशबन्धु यादव, सदस्यहरुमा टेक बहादुर हरिजन , जितेन्द्र हरिजन, निलम केसि र अभिशेष राव हरिजन सदस्य रहनुभएको छ । क्लबको दर्ता नम्बर २३ रहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।