समृद्ध नेपालका लागि कृषिकाे आधार पर्यटनकाे प्रचार

‘कृषि क्रान्ति’ २ वटा शब्द भित्र लुकेकाे राज्यको एउटा रहस्य जस्ताे धेरै नेतृत्वले देखाउने सपना ।

सन् १९९० देखि इटलीबाट सुरू भएकाे कृषि तथा पर्यटन अभियानले राज्यकाे आर्थिक पक्षमा सुधारका रेखाचित्र भरिए पछि धेरै राष्ट्रले अगाल्न खाेजेकाे नितिलाई नेपाल जस्ता धेरै राष्ट्रले अगाल्ने गरेकाे पाइए पनि नेपाल जस्ताे भाैगाेलिक विकटता भएकाे ठाउँमा आधुनिक कृषि क्रान्तिका नाममा राज्यकाे धेरै लगानि गर्नु उपयुक्त हुन्न भन्नेमा विचार प्रस्तृत गर्दा याे आफैँमा मेरा लागि पनि प्रश्न नै हाे ।

वर्तमान नेपालकाे सन्दर्भमा जुन तरिकाबाट कृषिलाई प्राथमिकता साथमा राज्यकाे अर्बाै बजेट लगानि गरिएकाे छ। त्याे भुगाेलले पचाउने खालकाे छैन।

हाम्राे प्राय भुगाेल पहाड र हिमाली क्षेत्र पर्ने भएकाले बर्षभरि खेतबारीमा हालिएकाे मल बर्षादमा बगाएर लैजाने हुदाँ हामीले मलकाे सहि सदुपयोग र निरन्तरतालाई मुस्किलले पालना गर्नु परेकाे छ। कृषिमा राज्यकाे नीति नियमले नछाेएकाे त हाेला नै तर कतिपय यस्ता ठाउँ छन जहाँ विकल्प नभएर उहीँ पुरानाे मल,बीउ र प्रविधि द्वारा कृषि पेशा अंगालिएकाे छ।

हाम्रो बस्ति बसाइकाे प्रणाली हेरियाे भनेपनि डाडा पहाडमा खेत वारि बनाइएकाे छ भने जहाँ उपत्यका छ त्यहाँ बस्ति बसाइएकाे छ। एकदमै कम कृषि उब्जाउ भुमि भएकाे नेपालमा याे प्रकिया विपरित मानिन्छ।

कृषि प्रधान देश भनिएकाे छ । कृषि पेशा गरेर दैनिक जीवन चलाउन गार्हाे छ। हामी कृषिमा ठुलाे लगानि गर्ने हाेइन कि उक्त लगानिलाई कृषि सँगै पर्यटकीय स्थलकाे पूर्वाधार विकासमा खर्चिनु पर्छ र लाेकल उत्पादनलाई पर्यटकका लागि खपत हुने खालमा हाेमस्टे, टेकिङ्ग, हाइकिङ्ग सुरू गर्नु पर्छ जसले स्वदेशी उत्पादनकाे खपत स्वदेशमै हाेस र पर्यटनलाई प्राथमिकता सहित विदेशी मुद्रा आर्जन गर्न सकियाेस ।

हामी अन्तर्राष्ट्रिय बजारमा थाेरै उत्पादनलाई लिएर प्रतिस्पर्धा गर्न सक्दैनाै । हामीले प्रतिस्पर्धा गर्न कुरा त्याे हाे जुन हामी सँग मात्र हुन्छ। परिणात्माक रूपमा हामी बजारमा प्रतिस्पर्धा गर्ने आधार नै छैन। न विश्व बजार नितिले हाम्रो आर्यातलाई समुचित रूपमा बढवा दिन्छ । याे कृषिमा मुनाफा रहित खर्चिएकाे बजेट पर्यटन पूर्वाधारमा समेट्नु जरूरी छ।

नेपालका ६५ प्रतिशत जनताकाे जिवनयपान कृषिमा आधारित छ। तर कृषि पेशा अँगालेर दैनिकी चलाउने बाहेक अरू भन्ने एकदमै न्यून छ। अब अर्काे कुरा कृषि प्रधान देश भनिएकाे छ तर कुल गार्हस्थ उत्पादन(जीडीपी)मा कृषिकाे याेगदान ३१.७ प्रतिशत मात्रै छ। पर्यटनकाे पनि जिडीपीमा ४ प्रतिशत मात्रै याेगदान रहे पनि याे राज्यकाे लगानिका हिसाबले हाम्रो हाे र अझ भन्नुपर्दा हामी पर्यटनका लागि काम गरिरहेका छैनाैँ मात्र हाम्राे प्रकृतिले स्वतह प्रबर्द्धन गरिरहेकाे छ।

हामीमा जाँगर छ, आँट छैन। उत्पादन हुन्छ, बजार छैन। श्रमशक्ति छ, राेजगारीमूलक व्यवसाय छैन। पैसा छ, उद्यमशिल सीप छैन।

हाम्राे माटाेले कृषिकाे मुनाफा बिनाकाे लगानिमा भन्दा पर्यटन पूर्वाधारमा लगानि मागिरहेकाे छ। अझ हामीले कृषि सँगै पर्यटनकाे संयुक्त अभ्यास गर्नुपर्ने हुन्छ। पर्यटन व्यवसायले मान्छेका पाँच वटा ज्ञानेन्द्रियकाे आकर्षण गरे जस्तै कृषि पनि पाँच ज्ञानेन्द्रियलाई स्वाचालित गराइराख्नु पर्छ।

सुलभ, सहज, सस्तो, मिठाे र सन्तुष्टि दिने कृषि उत्पादनका साथ पर्यटन ब्यबसायका पूर्वाधार निर्माण गरिनु पर्छ। छिमेकि देशकाे तरकारी हाम्रो भान्सामा सजिलै आउँछ तर आफ्नै देशभित्र छिमेकी दाइले फलाएकाे तरकारी खान हामीले कस्ताे कृषि क्रान्ति गर्नुपर्ने हाे? मेराे विचारमा काभ्रेबाट काठमाडौं पढ्न आएकाे एउटा विद्यार्थीले गाउँमा आफ्नै बारीमा फलेकाे तरकारी खान पाउनु वा पाएकाे दिन नै कृषि क्रान्ति हाे ।

क्यालफाेर्नियाकाे एउटा कुनै क्याफेमा बसेर यसपालीकाे भ्याकेसन कुन देश जाने हाेला भनेर साेच्दै बसेकाे अमेरिकनलाई नेपाल ल्याउने खुड्किला निर्माण गर्नुु वा मानस्पटलमा नेपाल देखाउनु नै अबकाे नेपालकाे आर्थिम क्रान्ति हाे। जुन पर्यटनलाई आधार बनाएर कृषि उत्पादनलाई स्वदेशमै खपत गर्ने कुरा सँग सम्बन्धित छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot