इन्दिरा प्रियदर्शिनी गान्धी एउटा यस्तो महिला थिइन् जसले भारतिय राजनीतिमा मात्र होइन विश्व राजनीतिमा पनि एक गहिरो प्रभाव छोडिन। उनी भारतको पहिलो महिला प्रधान मन्त्री पनि थिइन । यिनको जन्म भारतको उत्तर प्रदेशको इलावादमा धेरै सम्पन्न नेहरु परिवारमा १९ नोवेम्वर १९१७ मा भएको थियो । यिनको पिता जवाहरला नेहरु र बाजे मोतिलाल नेहरु दुवै सफल वकिल थिए र दुवैले भारतको स्वतन्त्रता सग्राममा महत्वपुर्ण योगदान दिएका थिए दुवैजना स्वतन्त्रता सग्रामका प्रमुख नेताहरुमा पर्दथे । उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए। पिताकी अतिनै प्रिय थिइन ईन्दिरा गान्धी । यिनलाई जवाहरलाल नेहरुले उनको गुरु रविन्द्रनाथ टैगोर द्वारा स्थापित शान्ति निकेतनको विश्व भारतीमा पढ्न पठाएका थिए । पछि वेलायतको अक्सफोर्ड विश्वविद्यालय पढ्न गएकी थिइन । १६ मार्च १९४२ मा फिरोज गान्धी संग विवाह गरिन । यिनलाई राजनीतिक विचारधारा विरासतमा प्राप्त थियो । यिनले सन् १९५५ मा कंग्रेस पार्टिमा समावेस भइन र विस्तारै पार्टिमा उनको कद बढ्दै गयो । सन् १९५९ मा ४२ वर्षको उमेरमा Indian national congress को अध्यक्ष भइन् । सन् १९६४ मा जवाहरलाल नेहरुको निधन पछि भारतको प्रधानमन्त्री लाल बहादुर शास्त्री प्रधानमन्त्री भए । शास्त्री सरकारमा ईन्दिरा गान्धी चुनाव जितेर सुचना तथा प्रसारण मन्त्री बनिन । ११ जनवरी १९६६ मा लाल बहादुर शास्त्रीको निधन भयो । त्यस पछि भारतको प्रधानमन्त्रीको लागी दुईवटा नाम सिफारिस भयो पहिलोमा ईन्दिरा गान्धी थिइन भने दोश्रोमा मोरारजी देशाई थिए । ईन्दिरा भारी मतले बिजयी भईन र 24 jan 1966 मा भारतको पहिलो महिला प्रधानमन्त्री भईन । यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको थियो । सन् १९७१ को चुनावमा ईन्दिराको अगुवाईमा रायवरेलीबाट विपक्षी राजनारायण यादवलाई १ लाख ११ हजार भोटले हराएकी थिईन । त्यतवेला विपक्षीको ठुलो नेता राजनारायणको नाम बलियो रुपमा लिईएको थियो । राजनारायण यति ढुक्क थिएकि चुनावी नतिजा आउनु भन्दा पहिलानै उनले विजयी जुलुस सम्म निकालिदिएका थिए । जव नतिजा आयो उनले १ लाख ११ हजार भोटले चुनाव हारेका थिए । सो नतिजामा असन्तुष्ट भएर राजनारायणले इलाहावाद हाइकोर्टमा उनीविरुद्ध निर्वाचन प्रयोजनका लागि निर्वाचनमा धाँधली र राज्य संयन्त्रको दुरुपयोग गरेको मुद्दा दर्ता गराएका थिए। सो चुनाव निस्कृय गराई नयां तरिकाले चुनाव गरियोस भनि मुद्दा हालेका थिए। ईलाहावाद हाईकोर्टमा यो मुद्दा सर्वप्रथम न्यायाधिस लोहाटीको बेन्चमा गएको थियो र उनले यो मुद्दालाई केही महिनासम्म सुनुवाई गरेका थिए र त्यसपछि यो मुद्दा न्यायाधिस जगमोहनलाल सिन्हाको कोर्टमा ट्रान्सफर भयो । उनले करिव ३ वर्ष यो मामलाको सुनुवाई गरेका थिए र जव अदालतलाई लाग्यो राजनारायणले लगाएको आरोप सहि हो । ईन्दिरालाई अदालतले वोलायो उनलाई यो ठुलो झट्का थियो उनी आफुलाई निकै बलियो प्रधानमन्त्री सम्झन्थिन । भारतको इतिहासमा यो पहिलो त्यस्तो ऐतिहासिक मुद्दा थियो । 18 March 1975 मा इन्दिरा गान्धिलाई अदालतमा बोलाईएको थियो । मुद्दा थियो ईन्दिराले रायबरेलीबाट धाधली गरि सरकारी श्रोत साधन र शक्तिको दुरुपयोग गरि चुनाव जितेको । उनलाई अदालतमा ५ घन्टासम्म प्रश्नको जवाफ दिनु पर्यो । न्यायाधिस जगमोहन लाल सिन्हा एकदमै कडा स्वाभावका थिए । ईलाहावाद हाईकोर्टमा ईन्दिरा गांन्धी प्रवेश गर्नु भन्दा १० मिनेट पहिला न्यायाधिस जगमोहनलाल सिन्हा कोर्टरुममा प्रवेश गरेका थिए। त्यसवेला राजनारायणका वकिल थिए पूर्व कानुन मन्त्री शान्तिभूषण न्यायाधिस जगमोहनलाल कोर्टमा प्रवेश गर्न वित्तिकै शान्तिभूषणले यो प्रश्न उठाएका थिए कि जव ईन्दिरा गांन्धी कोर्टमा आउछिन तव उनिसंग अन्य आरोपीलाई जस्तै व्यावहार हुन्छ कि कस्तो व्यावहार हुन्छ भन्ने प्रश्न उठाएका थिए र सुझाव पनि उनि आफैले नै दिएका थिए उनि कोर्टमा एउटा प्रधनमन्त्रीको हैसियतले कोर्टमा आएकी होइनन, एक आरोपीको हैसियतले आएकी हुन अरु आरोपीलाई जस्तो व्यावहार गरिन्छ त्यस्तै व्यावहार उनलाई गरियोस र उनको यो कुरामा न्यायाधिसले सहमति दिए। न्यायाधिसले कोहीपनि सुरक्षाकर्मीलाई भित्र आउन दिएनन्। प्रधानमन्त्रीको गार्ड समेतलाई भित्र आउन दिइएन । प्रधानमन्त्री कोर्ट भित्र प्रवेश गर्दा कोहीपनि उभिएर स्वागत नगर्नु भनियो । उनी अदालतमा प्रवेश गरेपछि कोही पनि आफ्नो सिटबाट उठेन र कसैले पनि सम्मान गरेर अभिवादन गरेनन् । करिव ४ घन्टा २० मिनेट न्यायाधिस जगमोहनलालले ईन्दिरालाई तमाम प्रश्नहरु सोधेका थिए । मौसम हल्का चिसो थियो यस्तोमा पनि ईन्दिरालाई पसिना आएको थियो, उनले ४ पटक रुमालले पसिना पुछेकी थिईन र ८/९ पटक पानी पिएकी थिईन । ५ घण्टा सम्म सुनुवाई चल्यो र उनि अदालत बाट बाहिर निस्कदा पनि कोही आफ्नो सिटबाट उठेन् । अदालतमा ईन्दिरालाई कोहीपनि भेट गर्न आएनन् , कोही पनि उनीसंग बोल्न खोजेनन । कोर्टमा लगभग १५० जना सिटमा बसेका थिए भने बांकी उभिएका थिए । दिन थियो १८ मार्च १९७५ । त्यस दिन त्यतिकै भयो उनी जस्तो शक्तिसाली प्रधानमन्त्रीलाई अदालत ले गरेको व्यावहारले यति चित्त दुख्यो कि पछि सम्म पनि आफ्ना धेरै मान्छेहरुसंग त्यही कुरा गर्दथिन । संकटकाल लाग्नुको विभिन्न कारणमा यो पनि एक कारण मानिन्छ । १२ जुन १९७५ मा अदालतले ईन्दिराको चुनाव संग सम्बन्धित महत्वपुर्ण फैसला सुनायो । इलाहाबाद उच्च अदालतका न्यायाधीश जगमोहन लाल सिन्हाले प्रधानमन्त्री इन्दिरा गान्धीलाई आफ्नो चुनावी अभियानका लागि सरकारी मेसिनको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गर्दै सो निर्वाचन शून्य घोषणा गरे। प्रधानमन्त्रीलाई लोकसभामा आफ्नो आसनबाट मुक्त गरिएको थियो र अदालतले थप छ वर्षसम्म कुनै पनि चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएको थियो। इन्दिरा गान्धीले सर्वोच्च अदालतमा इलाहाबाद उच्च अदालतको फैसलालाई चुनौती दिइन्। तर, न्यायाधीश भीआरकृष्ण अय्यरले २४ जुन १९७५ मा उच्च अदालतको फैसलालाई समर्थन गरेका थिए। तथापि, सर्वोच्च अदालतले इन्दिरा गान्धीलाई प्रधानमन्त्रीको रूपमा रहने अनुमति दियो जबकि उनको अपील लम्बिएको थियो। यो एकजना सज्जन न्यायाधिस भएमा कसरी ईन्दिरा गान्धी जस्तो शक्तिसाली प्रधानमन्त्रीको पनि कुर्सी हल्लिन्छ भन्ने एउटा गजवको ऐतिहासिक घटना थियो । सुप्रिम कोर्टबाट पनि कुनै राहत नमिलेपछि २६ जुन १९७५ मा भारतमा संकटकाल लगाईन जय प्रकाश नारायण,मोरारजि देशाई अन्य हजारौ साना ठुला नेतालाई पक्रेर जेलमा हालियो सरकारले अखवार टि.भि.रेडियोमा सेन्सर लगायो मौलिक अधिकार खतम भएको थियो । यसरी भारतको प्रजातन्त्रमा अँध्यारा युग मानिने २१ महिनाको अवधिमा सुरु भएको थियो। जनवरी १८, १९७७ मा इन्दिरा गान्धीले मार्चको लागि तय गरिएको ताजा चुनावको लागि आह्वान गरिन् र इमरजेन्सी को अन्त हुनु भन्दा अगाडि सबै राजनैतिक कैदीहरूलाई मुक्त गरिन्। सन् १९७७ को चुनावमा जनताको समर्थन विपक्षि दललाई मिल्यो जनता पार्टिले २३ मार्च १९७७ मा सरकार बनायो । ३५२ बाट कांग्रेसले १५३ सिटमा झारेको थियो। कांग्रेस ९२ ले जितेको सिटमध्ये आन्द्र प्रदेश, कर्नाटक, तमिलनाडु र केरलाका थिए। २९८ सिटसहितको जनता पार्टीको विजय र आफ्ना सहयोगी दलका ४७ सिटको समर्थनले भारतलाई मोरारजी देसाईको स्वरुपमा पहिलो गैरकांग्रेसी प्रधानमन्त्री प्रदान गरेको थियो। उनिहरुको पार्टिको आन्तरिक कारण त्यो सरकार धेरै टिक्न सकेन करिव १ वर्ष मात्र सरकार चलेपछि मध्यावधि चुनाव भएको थियो। जनता पार्टिको सरकारमा ईन्दिरालाई अनेक आरोप लगाईयो ।देशको धेरै अदालतमा उनका विरुद्धमा मुद्दा दायर थियो । सरकारी सम्पति भ्रष्टाचारको आरोपमा केही समय जेल पनि बस्नु पर्यो । जनता पार्टिको आन्तरिक कारण र ईन्दिरा गान्धीलाई गरेको व्यावहारको कारण ईन्दिराप्रति जनताको सहानुभूति बढ्दै गयो र जनता पार्टि असफल रह्यो र मध्यावधि चुनाव गरियो जसमा ५९२ मा सिटमा ईन्दिरालाई ३५३ सिट प्राप्त भयो । सन् १९८० मा ईन्दिरा फेरि प्रधानमन्त्री भईन 31 oct 1984 मा आफ्नै बडिगार्डले गोली हानी हत्या गरे । ✍️✍️✍️✍️✍️अधिवक्ता अर्जुन सिंह क्षेत्री राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।